काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले प्रतिगमनलाई पराजित गर्दै जनताको लोकप्रिय पार्टीका रूपमा आफूलाई उभ्याउन सफल भएको बताएका छन ।
शनिवार प्युठान–काठमाडौँ सम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित कार्यक्रममा ओलीले निर्वाचनअघि एमालेविरुद्ध प्रतिगमनको हल्ला चलाइएकोमा पार्टीले त्यसलाई चिर्न सफल भएको बताउ । ओलीले विभिन्न ठाउँमा बुथ कब्जा हुँदा पनि निर्वाचन आयोग मूकदर्शक मात्र बनेको आरोपसमेत लगाए ।
तर निर्वाचनपछि एमालेले प्रतिगामी तत्त्वहरूसँगै प्रतिक्रियावादीको साँठगाँठ र अरूका इसारामा चल्ने शक्तिलाई पराजित गरेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले एमालेलाई सेटिङमा पार्टी फुटाएर सिध्याउँछु भन्ने षड्यन्त्र भए पनि त्यो विफल भएको दाबी गरे । अदालतले पार्टी फुटाउन आदेश नदिएको नयाँ पार्टी दर्ता गर मात्र भनेको उनको भनाइ थियो । पार्टी फुटाउने उद्देश्य लिएकाहरूले नयाँ दल दर्ता गर्न नमानेको ओलीको दाबी थियो ।
आफ्नै पार्टी अध्यक्ष, दलको नेता र प्रधानमन्त्रीविरूद्ध ल्याइएको १९ पृष्ठ लामो अभियोग पत्रबाट पार्टी विभाजनको षडयन्त्रको खेल सुरु गरिएको उनको भनाई थियो ।
प्रतिक्रिया