बारामा एकजना भारतीय नागरिकको गोली हानी हत्या

बारामा एकजना भारतीय नागरिकको गोली हानी हत्या

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा। बारामा एकजना भारतीय नागरिकको गोली हानी हत्या भएको छ।

कलैया गढीमाई जाने बाटोमा पर्ने महागढीमाई नगरपालिका २ भुतही पुल नजिक शुक्रबार साँझ करिब ६ बजे भारतको छौडादानो पिप्राका ४५ वर्षीय शिवपुजन यादवको गोली हत्या भएको हो। 

खाजा खाएर होटलबाट निस्केका यादवमाथि दुई वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले गोली प्रहार गरेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

गम्भीर घाइते यादवलाई उपचारका लागि बाराको नौतन स्थित एलएसन्युरो अस्पतालमा ल्याइएकोमा बाटामै साढे ६ बजे मृत्यु भएको उनले बताए। यादवको छातीमा गोली लागेको थियो।

घटनामा संलग्न व्यक्तिको खोजीको लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। 

Recent Comments

No comments to show.