नेपाल टी २० लिगको तालिका सार्वजनिक

नेपाल टी २० लिगको तालिका सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं ।  २४ डिसेम्बर अर्थात् ९ पुसदेखि हुने भएको नेपाल टी २० लिगको तालिका सार्वजनिक भएको छ। पटक-पटक सरेर ८ पुसदेखि हुने तय भएको  लिग एक  दिनपछि (शनिबार) बाट हुन लागेको  हो। 

क्यानले प्रतियोगिता सुरु हुनु एक दिन अगाडि मात्र तालिका सार्वजनिक गरेको हो। त्यस्तै हिजो मात्र लिगको टुर्नामेन्ट डाइरेक्टरमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाल नियुक्त भएका छन्।  

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको लिगको तयारी नपुगेपछि तेस्रो पटक सरेर हुन लागेको हो।

सुरुमा यो लिग दसैंअघि असोज आठ गतेबाट आयोजना गर्ने क्यानको लक्ष्य थियो। त्यसैले क्यानले नवौं राष्ट्रिय खेलकुदको क्रिकेट खेल पनि अगाडि सारेको थियो। तर त्यसपछि पनि दुई पटक मिति सरिसकेको थियो।

प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन्। प्रतियोगिताको लागि यी सबै क्लबका विदेशी खेलाडी नेपाल आइसकेका छन्।

Recent Comments

No comments to show.