माया खोला हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप

माया खोला हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने म्याद थप गरिएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभावासीका लागि मंसिर २३ गतेदेखि विक्रीमा ल्याएको आइपीओ भर्ने म्याद पुस २४ गतेसम्म थप गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवि नगरपालिका वडा नं. ३, ४ र ५ तथा मादी नगरपालिका वडा नं. ४ र ६ का वासिन्दालाई ६ लाख कित्ता छुट्याइएको छ । बाँकी ४ लाख कित्तामा चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेख गरिएका बाहेकका वडाका बासिन्दाले आवेदन दिन पाउँछन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्रभु बैंक, नेपाल एसबीआइ बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछ।

वैदेशिक रोजगारीमा गएकाले आवेदन दिने आज अन्तिम दिन

कम्पनीले स्थानीयका लागि आवेदन दिने म्याद थप गरे पनि वैदेशिक रोजगारीमा गएकाहरुले भने आवेदन आज अन्तिम दिन रहेको छ 

कम्पनीले मंसिर २३ देखि नै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेकानेपालीहरुका लागि २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

त्यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयका साथै मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस’रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Recent Comments

No comments to show.