काठमाडौ । बर्दिबास उद्योग वाणिज्य संघ, महोत्तरीको अध्यक्षमा विष्णुबहादुर खड्का विजयी भएका छन्।
आफ्ना प्रतिस्पर्धी कृष्णप्रसाद गौतमलाई १२१ मतान्तरले पराजित गर्दै खड्का संघको अध्यक्षमा विजयी भएका हुन्।
खड्काले ७३४ मत प्राप्त गर्दा गौतमले ६१३ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी संघको सदस्यमा सन्तोष कुमार श्रेष्ठ, दीपक कार्की, सन्तोष सिग्देल, उत्तमकुमार श्रेष्ठ, रञ्जितराज ढुंगाना, शैलेश दाहाल, गुञ्जबहादुर कार्की, सुरज खड्का, चन्द्रबहादुर खड्का, उषा ढकाल, चौधरी महतो र बेचु बल विजयी भएका छन्।
१ हजार ७६९ मतदाता रहेको संघको चुनावमा १ हजार ४७३ भोट खसेको थियो।
प्रतिक्रिया