लघु जीवन र लघु निर्जीवन बीमा कम्पनीलाई लगानीको क्षेत्र ,सीमा र सर्त तोकियो

लघु जीवन र लघु निर्जीवन बीमा कम्पनीलाई लगानीको क्षेत्र ,सीमा र सर्त तोकियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमातर्फ जीवन र निर्जीवन कम्पनीलाई लगानीका क्षेत्र तोकेको छ। नयाँ कम्पनी खुल्ने भएसँगै लगानीका क्षेत्र तोकेको हो।

प्राधिकरणले जीवन लघुबीमा कम्पनीहरूका लागि ‘लघु जीवन बीमकको एकीकृत निर्देशन, २०७९’ र निर्जीवन निर्जीवन लघुबीमाका लागि ‘लघु निर्जीवन बीमकको एकीकृत निर्देशन, २०७९’ जारी गर्दै लगानीको क्षेत्रहरू तोकेको हो ।

प्राधिकरणले लघु जीवन बीमा र लघु निर्जीवन बीमा कम्पनीलाई ८ वटा क्षेत्रमा मात्रै लगानी गर्न पाउने गरी सीमा तोकेको हो ।

गत महिना प्राधिकरण ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । सोसँगै ती कम्पनीहरूको व्यवसाय विस्तारका लागि प्राधिकरण लगानीको क्षेत्र, सीमा र शर्तहरू तोकेको हो ।

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरूले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्र लगानी गर्न पाउने छन् । यस क्षेत्रमा लघुबीमा कम्पनीहरूले कुल लगानीको कम्तीमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने छन्।

त्यसैगरी, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा कम्तीमा ३० प्रतिशत, ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दती निक्षेपमा लगानीको बढीमा १० प्रतिशत र ‘ग’ वर्गको बैंक तथा वित्तिय संस्थामा मुद्दती निक्षेपमा बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाइने निर्देशनमा उल्लेख छ ।

यस्तै , नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘कु’, ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर साधारण सेयरमा परिणत नहुने बन्ड, डिबेन्चर र ऋणपत्रमा ३० प्रतिशतसम्म लगानी गर्ने पाइने व्यवस्था छ ।

नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा २० प्रतिशत लगानी गर्ने पाउने प्राधिकरणले जनाएको छ ।

यसैगरी, धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा १० प्रतिशत र नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरूमा कुल लगानीको बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।

लघु बीमा कम्पनीले घरजग्गा, कृषि र पूर्वाधारहरूमा भने लगानी गर्न नपाउने प्राधिकरणले जनाएको छ।

Recent Comments

No comments to show.