कमला घिमिरे भन्छिन्– दिदीको आत्मसम्मानमा पर्न गएको चोटप्रति माफी माग्छु

कमला घिमिरे भन्छिन्– दिदीको आत्मसम्मानमा पर्न गएको चोटप्रति माफी माग्छु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालगायिका कमला घिमिरेले गाएकाे  पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेको थियो ।

उनको त्यस गित अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।सुमन परियारसँग मिलेर उनले गित गाएकि थिइन् ।

त्यसो त उनले गाएको गित जबर्जस्ती करणीबारेका हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको र त्यस गीतले पीडितलाई थप पीडा थप्ने काम गरेको उनीमाथि आरोप लागेको छ । त्यसै गितलाई लिएर कमलाले फेसबुकमार्फत गायिका घिमिरेले बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह गरेकी छन् । कमला भन्छिन्, ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’

उक्त गीत आफ्नै रचनामा गाएको पनि उनले स्वीकारेकी छन् । कतिपय दोहोरी कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको हुनसक्ने अनुमान गरेका थिए ।

कमलाले फेसबुकमा लेखेकी छिन्

‘‘जसरी अहिले दिदी ,,,लाई लक्षित गरेर गीतलाई सामाजिक सञ्जालमा भाइरल गरिएको छ। यो कुराले दिदीलाई पर्न गएको असर, दिदीको आत्मसम्मानमा पर्न गएको असरप्रती हृदयबाटै माफी माग्छु। आफ्नै सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला। आइन्दा यस्तो गल्ती हुनेछैन।र अर्को कुरा जसरी अग्रज कलाकारहरूले यो गीतलाई लिएर पक्ष विपक्ष गर्दै बोल्नुभएको छ। मबाट गल्ती हुँदा मलाई सम्झाएको भए म कति खुसी हुन्थे होला। हजुरको उपदेश शिरोभार गर्थे होला। तर मन क्षतविक्षत हुने गरी लेखियो। बोलियो । यस्ले एकदमै दुखी बनायो। खैर केही छैन अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु।’’

Recent Comments

No comments to show.