धान्यपूर्णिमा, यो:मरी र उधौली मनाइँदै

धान्यपूर्णिमा, यो:मरी र उधौली मनाइँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धान्यपूर्णिमा पर्व आज मुलुकभर धान्यपर्वत दान गरी मनाइँदै छ । अन्नबालीहरुमा लोकप्रिय मानिने धान घरघरमा भित्र्याएपछि हर्षखुशीपूर्वक धान्यपूर्णिमा पर्व मनाउने गरिन्छ । यस अवसरमा अन्नपूर्णा, पाथिभरा, सिमेभूमेलगायतका देवपितृको पूजा गरी कन्याहरुलाई धान दान गर्ने चलन छ ।

धान्यपूर्णिमा दिन काभ्रेको धनेश्वर,भक्तपुरको दत्तात्रेय, रानीकोट बाघभैरव, अनन्तलिङ्गेश्वरमा मेला लाग्दछ । उता कर्णालीक्षेत्रमा यसै दिन गैडुपूजा.गरिन्छ । कतै धानको राश ठड्याई अन्नको पर्वत दान गर्ने पनि परम्परा छ । पूर्वी नेपालको किराँतक्षेत्रमा धान्यपूर्णिमाका दिन धाननाच गर्दै उधौली पर्व मनाइँन्छ ।

लेकमा जाडो बढेपछि गाईबाच्छा लिएर तल बेंसीमा झर्ने कृषिसभ्यताको आधारमा उधौली पर्व मनाउन थालिएको पाइन्छ । यस दिन किराँत समुदायमा खुला चोकमा भेला भई ढोल र झ्याम्टाको तालमा गीत गाउँदै समूहमा सिली नाच्ने गर्दछन् ।

काठमाडाैं उपत्यकामा बसोवास गरी धानखेती गर्ने नेवार समुदायले धान्यपूर्णिमाका दिन योमरी पुन्ही पर्व मनाउने चलन छ। नयाँ धानको पिठोमा चाकु, खुवा तथा अन्य पोषिलो पदार्थ राखि योमरी पकाई धानको भकारीमा राखी देउतालाई चढाउने र प्रसादका रुपमा आफन्तलाई दिने प्रचलन छ ।

योमरी पुन्हीका दिन गाउँवस्तीमा बालबालिकाहरुले घरघरमा गई गीत गाउँदै योमरी संकलन गर्दछन् । धान्यपूर्णिमाको एकै दिन अनेक समुदायको पर्व परेकाले देशका धेरै जसो समुदायलाई हर्षित बनाउने सांस्कृतिक संगमको चाड बनेको छ ।

Recent Comments

No comments to show.