विदेशी लगानी प्रतिबद्धता बढ्यो,होटल तथा रेस्टुराँ क्षेत्रमा आकर्षण

विदेशी लगानी प्रतिबद्धता बढ्यो,होटल तथा रेस्टुराँ क्षेत्रमा आकर्षण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा विदेशी लगानी प्रतिबद्धता बढ्दै गएको छ।

उद्योग विभागमा तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को ४ महिनामै होटल तथा रेस्टुराँमा लगानीको आकर्षण बढेको देखाएको हो।

चालु आवको ४ महिनामै साना तथा ठूला गरी १८ वटा होटलमा स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता आएको छ।

उद्योग सञ्चालनका लागि उद्योग विभागमा दर्ता हुन आएका १०२ उद्योगमध्ये १८ वटा होटल तथा रेष्टुराँ छन्, जुन दर्ता हुन आएकामध्ये १८ प्रतिशत हो।

दर्ता भएकामध्ये चारवटा ठूला होटल रहेका छन्। अन्य १४ वटामा भने १५ करोडदेखि ६० करोड रुपैयाँसम्मको लगानी रहेको छ। ठूला होटलमा आएको लगानी प्रतिबद्धता स्वदेशी रकम रहेको छ भने सानामा विदेशी लगानी रहेको छ।

विभागका अनुसार ४ महिनामा १८  होटलमा १२ अर्ब १७ करोड २४ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। जसमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आयुष्मान होटल निर्माणका लागि आएको छ।

झापाको मेचीनगरमा २ अर्ब ५१ करोड रुपैयाँको लगानीमा आयुष्मान होटल बन्ने गरी उद्योग विभागमा दर्ता भएको छ। ९५ बेड क्षमताको होटलमा १ सय ९० जना क्षमताको रेष्टुरासमेत बन्ने छ। शतप्रतिशत नेपाली लगानी रहने होटलमा तीन सय जनाले रोजगारी पाउनुको साथै १ हजार केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ। यो होटलमा व्यवसायी इन्द्रप्रसाद सुवेदीसहितको लगानी रहने छ।

यसैगरी काठमाडौंमा बुढानीलकण्ठमा बुढानीलकण्ठ हेरिटेज लिमिटेड दर्ता भएको छ। बुढानीलकण्ठ हेरिटेज होटलमा २ अर्ब ४० करोडको लगानी प्रतिवद्धता आएको छ। होटलमा १ सय २ बेड र ३ सय सिट क्षमताको रेष्टुरा बन्ने छ। शतप्रतिशत नेपाली लगानी रहेको होटलमा १ हजार ५ सय केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ।

उद्योग विभागका अनुसार झापाको मेचीनगरमा नगरपालिका वडा नम्बर १० मा होटल ईष्टर्न निर्माण हुनेगरि दर्ता भएको छ। होटल ईष्टर्नमा १ अर्ब ६९ करोड ७ लाख ७१ हजार ९ सय ७५ रुपैयाँको लगानी प्रतिवद्धतासँगै उद्योग दर्ता भएको छ। ईष्टर्न होटलमा ९९ बेड तथा २५० सिट क्षमताको रेष्टुरा बन्ने दर्ता विवरणमा उल्लेख छ। होटलमा शतप्रतिशत नै नेपाली लगानी रहेको छ भने १ सय ७० जनाले रोजगारी पाउने उल्लेख छ। होटलले ५ सय केभीए बिजुली खपत गर्ने दर्ता विवरणमा उल्लेख छ।

साथै रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका मार्स हस्पिटालिटी ग्रुप प्रालिले होटल सञ्चालन गर्न लागेको हो। होटलमा १ अर्ब ३८ करोड २६ लाख रुपैयाँ लगानी हुनेछ। होटल २ सय बेड क्षमताको निर्माण हुने छ। होटलमा शत प्रतिशत स्वदेशी लगानी रहने छ।

यसैगरी १५ करोडको विदेशी लगानीमा काठमाडौंमा मारीय होटल तथा रेष्टुरा निर्माण हुने भएको छ। ४५ बेड क्षमताको होटलमा १७२ सीट क्षमताको रेष्टुरा रहने छ। साथै होटलमा ५९ जनाले रोजगारी पाउने छन्। होटलमा विदेशी लगानी रहने छ।

यसैगरी २० करोडको लगानीमा युवान होटल एण्ड रेष्टुरेन्ट निर्माण हुने भएको छ। ५० बेड क्षमताको होटलमा ५५ जनाले रोजगारी पाउने छन्। होटलमा विदेशी लगानी रहने छ।

साथै १५ करोड रुपैयाँको लगानीमा काठमाडौंमा नै सञ्चालन हुने गरी हुवालिन होटल एण्ड रेष्टुरेन्ट दर्ता भएको छ। होटलमा विदेशी लगानी रहनेछ। ४० बेड क्षमताको होटलमा ८५ जनाले रोजगारी पाउने छन्। यसैगरी ५ करोड ५० लाखको लगानीमा काठमाडौँमै  जिन मेन होटल प्रालि सञ्चालन हुने गरी दर्ता भएको छ। होटलमा २२ वेड रहेन छ।

कुन होटलमा कति लगानी?

होटलको नाम                                     लगानी रकम रुपैयाँमा

होटल ईष्टर्न नेपाल प्रा. लि.                1,690,771,975

बुढानिलकण्ठ हेरिटेज लिमिटेड         2,400,000,000

आयुष्मान होटल्स लिमिटेड                 2,510,000,000

मारीया होटल एण्ड रेष्टुरेण्ट प्रा. लि. 150,000,000

युवान होटल एण्ड रेष्टुरेण्ट प्रा. लि.           200,000,000

हुवालिन होटल एण्ड रेष्टुरेण्ट प्रा. लि.    150,000,000

जिन मेन होटल प्रा. लि.                              55,000,000

मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रा. लि. 370,000,000

ग्राण्ड सेन्ट्रल होटल प्रा. लि.                         600,000,000

पशुपति रेक्रिएशन प्रा. लि.                                  170,000,000

आजु होल्डिङ प्रा. लि.                                           300,000,000

हाई मेई होटल एण्ड रेष्टुरेण्ट प्रा. लि.            200,000,000

होटल पञ्चावती प्रा. लि.                                    330,000,000

दोर्जेज् फार्म रिसोर्ट प्रा. लि.                             550,000,000

लोन्नी चिकेन चप प्रा. लि.                                50,000,000

बन्दीपुर केवलकार एण्ड टुरीजम लिमिटेड        864,000,000

प्लेजर नेपाल प्रा. लि.                                                200,000,000

मार्स हस्पिटालिटी ग्रुप प्रा. लि.                                 1,382,655,328

Recent Comments

No comments to show.