आज मिती २०७९ साल मंसिर १८ गते आइतवार, तपाइँको आजको राशिफल कस्तो छ ?

आज मिती २०७९ साल मंसिर १८ गते आइतवार, तपाइँको आजको राशिफल कस्तो छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०७९ मंसिर १८ गते, आइतवार, ४ डिसेम्बर २०२२। मार्ग शुक्लपक्ष एकादशी तिथि, ७ः३२ बजेदेखि द्वादशी। रेवती नक्षत्र, ८ः५० बजेदेखि अश्विनी। चन्द्रराशि– मीन, ८ः५० बजेदेखि मेष।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । शेयर बजारको कारोबार पनि राम्रै रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर शेयर बजारको कारोबारमा सफलता नपाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउनसक्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शेयर बजाको कारोबारमा पनि सफलता पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज धार्मिक क्षेत्रको भ्रमण हुनेछ । आफन्तसँग भेटघाट हुनेछ । साँझमा अधुरा काम बन्न सक्छ , तर नियमित खर्चसमेत बढ्ने योग पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले सहयोग जुटाउनेछन्, शेयर बजारको कारोबार कमजोर रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । रोकिएको काम सुरु हुन पनि सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सानतिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ, तर नयाँ लगानिको अवसर मिल्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Recent Comments

No comments to show.