स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङ विजयी

स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङ विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङ विजयी हुनु भएको हो । 

५ हजार ९७५ मतले अग्रता लिईरहनुभएका गुरुङ मतगणना नसकिदै विजयी बन्नुभएको हो । अब गणना गर्न चापाकोट नगरपालिकाको वडा नं ८, ९ र १० मात्र बाँकी छ । गणना गर्न बाँकी रहेको मत ४ हजार ८७१ रहेको छ । मतगणना सम्पन्न भएपछि मात्र गुरुङ निर्वाचित भएको औपचारिक घोषणा हुनेछ । 

पछिल्लो नतिजा अनुसार कांग्रेसका धनराजले २९ हजार ५६६ मत ल्याउनु भएको छ । नेकपा एमाले की सचिव पद्मा अर्यालले २३ हजार ५९१ मत ल्याउनुभएको छ । 

Recent Comments

No comments to show.