बाजुरामा सत्ता गठबन्धनका पाण्डेकाे अग्रता कायमै

बाजुरामा सत्ता गठबन्धनका पाण्डेकाे अग्रता कायमै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाजुराको पछिल्लो मतगणनाको अपडेट प्राप्त भएको छ । हालसम्मको मतगणनामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका बद्रीप्रसाद पाण्डेले आफ्नो मतान्तर फराकिलो बनाएका छन् । 

यहाँ पाण्डेले ६ हजार ५३५ मत ल्याउँदा एमालेका उम्मेदवार कर्ण थापाले ४ हजार ४२१ मत पाएका छन् । यसअघि बाजुराको हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि विवाद भएर गणना रोकिएको थियो ।

मतगणना रोकेर भएको छलफलमा बाकसमा भेटिएका सबै मत गन्ने सहमति भएपछि मतगणना सुरु गरिएको थियो ।

४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुनस् मतदानको माग गरेको थियो । तर बुधबार निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेको थियो । 

Recent Comments

No comments to show.