भूमिहीन तथा सुकुम्वासीको बस्ती नहटाउन भूमि आयोगको निर्देशन

भूमिहीन तथा सुकुम्वासीको बस्ती नहटाउन भूमि आयोगको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती नहटाउन निर्देशन दिएको छ ।

आयोगले आज एक सूचना प्रकाशित गर्दै भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको हो ।

‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न-नगराउन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगको ताहाचल कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेलगत्तै गर्ने जनाएको छ। आयोगले भदौ ३१ देखि भूमिहीनका लगत संकलनलगायत काम रोकेको थियो।

सुकुमवासी बस्ती हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद सकिएको भन्दै गत सोमबार काठमाडौं महानगरपालिका डोजर लिएर थापाथली पुगेको थियो। बस्तीमा डोजर चलाउन खोजेपछि यहाँका स्थानीयले विरोध गरेका थिए। स्थानीयले ढुंगामुढा गर्दा नगरप्रहरीसहित महानगरपालिकाका कर्मचारी घाइते भएका थिए।

सम्बन्धित समाचार : 

अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र प्राधिकरणको हटाउन आग्रह

ओलीलाई बालेनको प्रश्नै प्रश्न– ‘सुकुम्वासीलाई भोट बैंकको रुपमा मात्रै प्रयोग किन गर्नुभयो

सुकुम्बासी बस्ती हटाउनेबारे मेयर बालेनले गरे प्रधानमन्त्रीसँग छलफल, महानगर नीति अनुसार नै अगाडि बढ्ने

थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप,बालेन साहविरुद्ध नाराबाजी

Recent Comments

No comments to show.