दोहोरो अंकले बढ्यो नेप्से, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

दोहोरो अंकले बढ्यो नेप्से, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ ।

साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ११.२२अंकले बढेर १९६१.०६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३८ कम्पनीको १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपैयाँ बराबरको ३८ लाख ६५ हजार ९६१ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० वटा बढेको छ भने अन्य घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १.२८ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा आज धौलागिरी लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले ठ्याककै १० प्रतिशत कमाएका छन् ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे १४ करोडकोे शेयर किनबेच भएको छ । त्यस्तै, एनसीसी बैंकको प्रमोट सेयर ८ करोड र हिमाल दोलखा हाइड्रोेपावर साढे ७ करोड बढीको कारोबार भएको छ ।

Recent Comments

No comments to show.