स्प्रेडदर घटाएर ३‍‌.५ प्रतिशत बनाउन पूर्वका व्यवसायीकाे आग्रह

स्प्रेडदर घटाएर ३‍‌.५ प्रतिशत बनाउन पूर्वका व्यवसायीकाे आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वका व्यवसायीक संस्थाहरुले स्प्रेडदर अझै घटाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

बुधबार मोरंङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश न. १ ले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।

संस्थाहरुले मौद्रिक नीतिको समिक्षा गर्दै कायम गरेको ४ स्प्रेडदर घटाएर ३‍‌.५ प्रतिशत बनाउन आग्रह गरेको छ ।

कायम स्प्रेडदरले ब्याजदरमा केही राहत ल्याउने भएपनि ३.५ प्रतिशत कायम गरे दिर्घकालिन रुपमा सकारात्मक प्रभाव पर्ने उनीहरुको भनाइ छ ।

यस्तै, उनीहरुले सिडी रेसियोको साटो सिसिडी रेसियोलाई आगामी ३ वर्ष सम्म ९० प्रतिशत कायम गरी तरलता अभावको समस्यालाई दीर्घकालिन रुपमा सुधार गर्न पनि आग्रह गरेको छ ।

संस्थाहरुले सिआरर पनि पुनस् ३ प्रतिशत नै कायम गर्न माग गरेको छ ।

Recent Comments

No comments to show.