युनाइटेड इदी मार्दीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

युनाइटेड इदी मार्दीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युनाइटेड इदी मार्दी कम्पनीले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (मंसिर १६ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष गत २०७८/७९ को मुनाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले सो लाभांश पारित गर्न मंसिर २८ गतेवार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा आभ्या क्लब घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

Recent Comments

No comments to show.