समानुपातिक ‘अपडेट’ : एमालेको अग्रता कायमै, एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न हम्मेहम्मे

समानुपातिक ‘अपडेट’ : एमालेको अग्रता कायमै, एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न हम्मेहम्मे

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । बुधवार बिहान  ८ बजेसम्म कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा 

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

बुधवारबिहान  ८ बजे  सम्मको तथ्यांकअनुसार सुरुदेखि नै पहिलो स्थानमा रहेको नेकपा एमालेले २६ लाख ९४ हजार १२४ मत ल्याइसकेको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले  २५ लाख ४८ हजार ७७८ समानुपातिक मत पाइसकेको छ। 

त्यसैगरी  नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत पाएको छ । यस्तै जसपाले ३ लाख ८८ हजार ४८२ मत पाएको छ।

जनमत पार्टीले ३ लाख ४६ हजार ९७० मत पाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४७ हजार७०१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ४७ हजार९३७, नेपाल मजदूर किसान पार्टीले ७३ हजार ५९३, मत प्राप्त गरेका छन्।

Recent Comments

No comments to show.