ओलीलाई बालेनको प्रश्नै प्रश्न– ‘सुकुम्वासीलाई भोट बैंकको रुपमा मात्रै प्रयोग किन गर्नुभयो ‘

ओलीलाई बालेनको प्रश्नै प्रश्न– ‘सुकुम्वासीलाई भोट बैंकको रुपमा मात्रै प्रयोग किन गर्नुभयो ‘

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नै प्रश्न गरेका छन्।

बधाई तथा शुभकामना कार्यक्रमलाई च्यासलमा सम्बोधनका क्रममा ओलीले सुकुम्बासी हटाउने खोज्ने महानगरको कदमको तीव्र विरोध गरेपछि प्रश्नै प्रश्न गरेका हुन् ।

शाहले २०४७ सालपछि १४ वटा आयोग बन्द किन काठमाडौंका सुकुम्वासी समस्या समाधान गर्न नसकेको भन्दै जवाफ माग गरे ।

सामाजिक सञ्जालमार्फत गर्दै अहिलेसम्म सुकुम्वासीलाई किन भोट बैंकको रुपमा मात्रै प्रयोग गरेको ? भनेर प्रश्न गरेका छन् ।
 

बालेनले लेखेका छन्, ‘सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू, अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो ।

किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ।

सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो ।

 त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी ९सुनधारा० सक्काएर सेतो टावर किन ठड्याउनु भयो रु हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन । तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।

यो पनि :

सुकुम्बासी बस्ती हटाउनेबारे मेयर बालेनले गरे प्रधानमन्त्रीसँग छलफल, महानगर नीति अनुसार नै अगाडि बढ्ने

थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप,बालेन साहविरुद्ध नाराबाजी

Recent Comments

No comments to show.