पर्सा २ (क)मा कांग्रेसका पटेल निर्वाचित

पर्सा २ (क)मा कांग्रेसका पटेल निर्वाचित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मधेस प्रदेशअन्तर्गत पर्सा निर्वाचन क्षेत्र–२ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका छन्।

पटेल जनता समाजवादी पार्टीका रामनरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

पटेलले १३ हजार ७८४ मत ल्याएका छन् भने जसपाका रामनरेश यादवले १२ हजार १२७ मत प्राप्त गरेका छन्। २०७४ मा यो क्षेत्रबाट कांग्रेसले नै जितेको थियो। कांग्रेसका राजेश्वरप्रसादले १० हजार २५९ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन संघीय समाजवादीबाट उठेका रामनरेश यादवले १० हजार ७९ मत ल्याएर पराजित भएका थिए।

Recent Comments

No comments to show.