डडेल्धुरावासीलाई गाली नगर्न सागर ढकालको आग्रह

डडेल्धुरावासीलाई गाली नगर्न सागर ढकालको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेलधुरा । डडेलधुरामा स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले डडेलधुराबासीलाई गाली नगर्न सुझाव दिएका छन्।

मंगलवार विहान सामाजिक सञ्जाल मार्फत डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका ढकालले उक्त सुझाव दिएका हुन् ।

उनले डडेल्धुरामा देउवा विजयी भए पनि आफूले जितेसरह नै हुने बताएका हुन् ।  मंगलबार बिहान उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन् ।

उनले डडेल्धुराका युवाले साथ दिएको भन्दै धन्यवाद दिएका छन् । यस्तै, उनले डडेल्धुराका युवा तथा मतदातालाई गाली नगर्न पनि आग्रह गरेका छन् । 

‘मैले जिल्लाबाट सम्मानजनक मत पाएको छु । अहिले सामाजिल सञ्जालबाट यहाँका स्थानीयलाई गाली आइरहेको छ । त्यस्तो नगरिदिनुहोला । उहाँहरूले मलाई साथ दिनुभएको हो’, उनले भने । देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ ।

चुनावमा आफूहरूले निकै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले यसलाई एकदमै राम्रो संकेत भएको पनि बताए । यस्तै, उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे ।

‘उहाँको पाँच वर्ष अब अन्तिम हो । उहाँले जिते पनि मैले जितेजस्तै हो । डराउनुपर्दैन,’ उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो । अब डडेल्धुरा बनाउने भनेको सागर ढकालले नै हो’, उनले भने । 

Recent Comments

No comments to show.