स्याङ्जा-१ का ४ मतदान केन्द्रमा धाँधली भएको भन्दै पद्मा अर्यालद्वारा पुनः मतदानको माग

स्याङ्जा-१ का ४ मतदान केन्द्रमा धाँधली भएको भन्दै पद्मा अर्यालद्वारा पुनः मतदानको माग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेकी सचिव तथा पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको भन्दै पुन: निर्वाचनको माग गरेकी छन्।

आइतबार पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धनका कार्यकर्ताले बुथ कब्जामा लिएर आफूखुशी मतदान गरेको भन्दै ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी हुन् ।

उनले कांग्रेसले बुथ कब्जा गरेर फर्जि मतदान आरोप लगाएकी छन्। सत्ता गठबन्धन लोकतन्त्रको मर्म र निर्वाचन आचारसंहिता विपरीत चलेको उनले बताइन्। उनले स्याङ्जा २ का चारवटा मतदान केन्द्रमा भएको मतदानप्रति असन्तुष्टि जनाएकी छन्।

सत्तारुढ गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रलाई नियन्त्रणमा लिएर, हुल हुज्जत गरेर, डर धाक धम्की देखाएर मतपत्र कब्जामा लिएर मतदान अधिकृतको सही गराउँदै मतपेटिकामा खसालेको सचिव अर्यालले बताइन् । बुथ कब्जा भएका मतदान केन्द्रमा ९८ प्रतिशतसम्म मत खसेको देखिएको पनि उनको भनाइ छ ।

अर्यालले निष्पक्ष,धाँधलीरहित निर्वाचन हुन नसकेको भन्दै पुन: निर्वाचन गर्न माग गरिन्। अर्यालसँग नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ प्रतिस्पर्धामा छन्।

Recent Comments

No comments to show.