मुस्ताङमा कांग्रेसका २९ वर्षिय गौचनले खाता खोले

मुस्ताङमा कांग्रेसका २९ वर्षिय गौचनले खाता खोले

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो मतपरिणाम आएको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन्। 

आज सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले एमालेका निवर्तमान सांसदसमेत रहेका ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरे।

गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे। योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन्। २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याए।

मुस्ताङको जनसंख्या ११ हजार ५९३ रहेको छ। यस जिल्लामा मतदाता भने १० हजार ९५७ रहेका छन्। हिजो भएको निर्वाचनमा ७ हजार २३० मत खसेको थियो।

Recent Comments

No comments to show.