काठमाडौं १ मा प्रकाशमानले लिए अग्रता, पछि परे रवीन्द्र

काठमाडौं १ मा प्रकाशमानले लिए अग्रता, पछि परे रवीन्द्र

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । 

जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ। 

एमालेले पाँच स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिइरहेको छ। एमालेले झापा–२, धनुषा–३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको हो।

यस्तै कांग्रेसले झापा–३, भक्तपुर–२ र मुस्ताङमा अग्रता लिइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं–७ र कास्की–२ मा अग्रता लिइरहेको छ।

काठमाडौं १ मा कांग्रेसले अग्रता लिएको छ । 

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका प्रकाशमान सिंहले ८१६ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका राप्रपाका रवीन्द्र मिश्रले ७३५ मत पाएका छन् ।

यसैगरी एमालेका किरण पौडेलले ४९६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ३५९ मत पाएका छन् । यसैगरी रमेश खरेलले ३५६ मत पाएका छन् ।

Recent Comments

No comments to show.