कडा सुरक्षाबीच देवचुलीमा मतदान जारी

कडा सुरक्षाबीच देवचुलीमा मतदान जारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिका–४ मा मतदान जारी छ। आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो। नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने जानकारी दिए।

मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान सम्पन्न भएपछि आज साँझबाटै क्षेत्र नम्बर १ को मतगणना गरिने उनले बताए। सो मतदान केन्द्रमा नौ सय ८० मतदाता रहेका थिए। 

दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा करिब ६६ प्रतिशत मतदान भएको छ। जिल्लामा ९६ हजार ६ सय ८० महिला तथा ७६ हजार पाँच सय पुरुष र एकजना तेस्रो लिंगी मतदातासहित एक लाख ७३ हजार एक सय ८१ मतदाताले मतदान गरेका छन्।

जिल्लाका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये तीन सय एक मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। दुईवटा प्रतिनिधिसभा तथा चारवटा प्रदेशसभा निर्वाचन रहेको जिल्लामा  दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन्। 

Recent Comments

No comments to show.