पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवारसहित ३ जना पक्राउ

पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवारसहित ३ जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा काठमाडौं-५ (ख)का एमाले उम्मेदवार दीपक निरौलालाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ। बुढानीलकण्ठ नगरपालिका-६ स्थित एक घरमा प्रवेश गरेका निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले प्रहरीलाई जिम्मा लगाएका हुन्। 

निरौलासहित एमालेका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदीप डंगोल र ६ नम्बर वडाका अध्यक्ष रवि खड्कालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले भीडले घेरा हालेपछि दुई जनालाई उद्धार गरी प्रहरी सुरक्षा दिइएको बताए। पैसा बाँडेको आरोपका विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ। 

उम्मेदवार निरौलाले आफू क्यान्सरका बिरामीलाई भेट्न गएको बेला पछ्याउँदै आएका केही व्यक्तिले निराधार आरोप लगाएको बताएका छन्। 

प्रहरीले निरौलालगायतलाई बुढानीलकण्ठ प्रभागमा राखिएको जनाएको छ। आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार रातिदेखि नै मौन अवधि जारी छ।

निरौलाले पनि आफू क्यान्सरका रोगका विरामी तोकमान लामालाई भेट्न जाँदा निराधार आरोप लगाएको भन्दै पुष्टि गर्न चुनौति दिँदै फेसबुकमा स्ट्याटस लेखेका छन्। 

Recent Comments

No comments to show.