अर्जुननरसिंह केसी देशभरका युवाका प्रेरणाका स्रोत – डा स्वर्णिम वाग्ले

अर्जुननरसिंह केसी देशभरका युवाका प्रेरणाका स्रोत – डा स्वर्णिम वाग्ले

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिदूर । अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी देशभरका युवाहरुको प्रेरणाको स्रोत भएको बताउँदै केसीको जितले प्रतिनिधि सभाकै ओज बढाउने धारणा ब्यक्त गरेका छन् । 

ब्यक्ति उमेरले युवा हुने नभइ उसमा रहेको सोच तथा देश र जनताको समृद्धिका प्रतिको सोचले नै उसको ब्यक्तित्व मापन हुने भएकाले युवाको नाममा दिइने नाराको अर्थ नरहेको डा. वाग्लेको भनाइ थियो । 

सोमबार लोकतान्त्रिक वाम गठबन्धनको नुवाकोट निर्वाचन २ समितिले बेलकोटगढी नगरपालिकाको महादेवफाँटमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दे डा वाग्लेले नुवाकोटमा आर्थिक विकासका प्रशस्त सम्भावनाहरु देखिएको बताउँदै त्यसलाई सार्थक रुप दिन पनि गठबन्धनका उम्मेदवारहरुको जित अत्यावश्यक रहेको बताए । 

नुवाकोट नेपालकै जीवनरेखाको रुपमा परिवर्तन हुन सक्ने र त्यसका लागि मुलुककै नेतृत्व गर्ने हैसियत भएका केसी, पूर्वाधार निर्माणमा दख्खल भएका बहादुरसिंह लामा र सादगी र संघर्षशील जीवनका पर्याय रामप्रसाद ढुँगानाको जितका लागि गठबन्धनका पक्षमा मतदान गर्न समेत डाक्टर वाग्लेले आह्वान गरे । 

कार्यक्रममा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार कांग्रेस नेता अर्जुननरसिंह केसीले जनादेशको अपमान गर्नेहरुका पक्षमा नुवाकोटे जनता कदापी नरहनेमा आफू विश्वस्त रहेको बताउँदै गठबन्धनको कार्यक्रमहरुका देखिएको जनलहरले नुवाकोट जिल्ला लोकतान्त्रिक वाम गठबन्धनको किल्ला बनिसकेकोसमेत उल्लेख गरे । 

नुवाकोटका विकास प्रयासहरुलाई मूर्तरुप दिन गठबन्धन हरदम प्रयत्नशील रहने बताउँदै जिल्लाका संभावनाहरुको पहिचान गरी त्यसलाई सार्थकतामा परिणत गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत रहनेसमेत केसीले स्पष्ट पारे । 

कार्यक्रममा माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य बिमला सुवेदी, कांग्रेस केन्द्रीय सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का उम्मेदवार बहादुरसिंह लामा, माओवादी नेता एवं प्रदेश ‘क’ का उम्मेदवार रामप्रसाद ढुँगाना, काँग्रेस नेता एवं संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष गोविन्द नेपाली, कांग्रेस  महासमिति सदस्य गीता अमात्य, महाधिवेशन प्रतिनिधि दीपक लामा, प्रदेश सभापति बैकुण्ठ पाण्डे र माओवादी नेता नविन पुडासैनीले गठबन्धनको औचित्य स्थापित भईसकेको बताउँदै नुवाकोटमा गठबन्धनको जित समेत सुनिश्चित भइसकेको बताए ।

Recent Comments

No comments to show.