मंसिर २ गतेदेखि मादक पदार्थ विक्री वितरण र सेवनमा रोक

मंसिर २ गतेदेखि मादक पदार्थ विक्री वितरण र सेवनमा रोक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना पूरा नभएसम्म मादक पदार्थ विक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतवार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो।

यस्तै आयोगले प्रचलित कानून बमोजिम त्यस्ता मादक पदार्थ जफत गर्नुपर्ने भए जफत गर्नसमेत गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यस्तै बैठकले निर्वाचन आचारसंहिता विपरीतको काम कारबाही गरेको अवस्थामा जोसुकैलाई तत्काल स्पष्टीकरण सोधी कारबाही अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी र त्यसमा सोधिएको स्पष्टीकरण, उजुरी फर्छ्यौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समिति वा आयोगमा पठाउन पनि निर्देशन गरेको छ।

‘निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ को उपदफा ५ बमोजिम तथा निर्वाचन आचारसंहिता २०७९को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मत गणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै गतिविधि गर्न नपाउनेबारे दल तथा उम्मेदवारलाई जानकारी गराउनू’, आयोगले भनेको छ, ‘त्यस व्यवस्थाको पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिनू। विभिन्न निकायले तयार गरी पठाएका निर्वाचन आचारसंहिता कार्यान्वयन कार्ययोजनालाई एकीकृत गरी तयार गरिएको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउनू।’

आयोगले आफ्नो कार्यक्षेत्रभित्रका स्थानमा उम्मेदवार र दलले अस्वभाविक गतिविधि, भोज भतेर गरेको वा हातहतियार वा निषेधित सामान लिई हिँडेको र शान्ति भंगको प्रयास भएको पाए निगरानी राखेर तत्काल जानकारी गराउ पनि भनेको छ।

Recent Comments

No comments to show.