मध्यराति नाइट क्लबमा ओली

मध्यराति नाइट क्लबमा ओली

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुग्दै युवामाझ रौनक थपेका छन् । उनले त्यहाँ युवाको मन मात्र जितेनन्, नेकपा एमालेको चुनावी र्‍याप गीत समेत सार्वजनिक गरे ।

गितमा उनको गुणगान गाइएको छ । जसमा स्ूवयमः ओलीले समेत स्वर थपेका छन् । केपी ओलीका बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो ।

अध्यक्ष ओलीले युवाहरूमाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको उल्लेख गर्दै फेसबुकमा तस्बिर राखेका छन् । गितमा केपी बा भन्ने थेगोलाई बढी प्राथमिकता दिइएको छ ।

‘सहर सहरमा ओली’ नाम दिइएको उक्त गीतमा ओलीले नागरिकता विधेयकमा अडान लिइएको, अतिक्रमित भूभाग नक्सामा राखेको, राष्ट्रवादी नेता भएको लगायतका विषय समेटिएका छन् ।

Recent Comments

No comments to show.