काठमाडौं र भक्तपुरका यी स्थानमा मंसिर १ गतेसम्म साँझको समयमा बत्ती जाने !

काठमाडौं र भक्तपुरका यी स्थानमा मंसिर १ गतेसम्म साँझको समयमा बत्ती जाने !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विहीवारदेखि मंसिर १ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै साँझको समयमा छोटो समयका लागि विद्युत सेवा अवरुद्ध हुन सक्ने जनाएको छ।

जाडो समयमा निन्तर विद्युत आपूर्ति व्यवस्थापन गर्न काठमाडौं ग्रिड महाशाखाअन्तर्गत भक्तपुर सबस्टेसनमा रहेको पावर ट्रान्सफर्मरको क्षमता वृद्धि गर्न लागेको भक्तपुर जिल्लासहित काठमाडौं केही स्थानमा साँझको समयमा विद्युत आपूर्ति अवरुद्ध हुन सक्ने जानकारी गराएको छ।

प्राधिकरणका अनुसार यो अवधिमा भक्तपुर जिल्ला पूरै, माकलबारी, दक्षिण ढोका, शिवचोक, अर्यालगाउँ, आलापोट, गागलफेदी, गोठाटार, सनसिटी, काँडाघारी, मूलपानी, डाँछी, थली, भद्रवास, ब्रह्मखेल, इन्द्रायणी, साँखु, घुमारचोक, पालुवारी, लप्सीफेदी, विश्वम्भरा, जर्सिङपौवा, नाङ्लेभारे, पटाप, कात्तिकेलगायतका क्षेत्रहरुमा साँझको पिल लोडकको समयमा छोटो समयका लागि विद्युत आपूर्ति अवरुद्ध हुन सक्छ।

यसबाट जनमानसमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

Recent Comments

No comments to show.