तोलाको १ हजार ४ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

तोलाको १ हजार ४ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुधबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँ बढेको हो। 

मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढेको हो। बुधबारका लागि चाँदीको मूल्य १२ सय ९५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

Recent Comments

No comments to show.