आज मिती २०७९ साल कार्तिक १५ गते मंगलवार, तपाइँको आजको राशिफल कस्तो छ ?

आज मिती २०७९ साल कार्तिक १५ गते मंगलवार, तपाइँको आजको राशिफल कस्तो छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०७९ कार्तिक १५ गते, मंगलवार, १ नाेभेम्बर २०२२। कार्तिक शुक्लपक्ष अष्टमी तिथि। उत्तराषाढा नक्षत्र, ७ः१८ बजेदेखि श्रवण। चन्द्रराशि– मकर।

आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउनेछ, कर्तव्यपरायण रहनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। नयाँ याेजनातर्फ अग्रसर भइनेछ र सफलता प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान लिन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। विवादास्पद कामकाे जिम्मेवारी वहन गर्नुपर्ला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले काममा बाधा पुर्याउनेछ, सजग रहनुहोला। अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ। तर मिहिनेत गर्दा आयस्रोत बढ्नेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने समय छ। व्यापारमा आम्दानी बढाउन सकिनेछ। प्रतिस्पर्धामा भने सावधान रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ कामको प्रस्ताव आए पनि अवराेध गर्नेहरू सक्रिय रहनेछन्। आगन्तुकहरूले अलमल्याउने हुँदा आँटेकाे काम पनि राेकिन सक्छ। तर पहिलेको सफलताले अवसर भने दिलाउनेछ। रमाइलो जमघट र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपानमा भने सजग रहनुहाेला। सहयाेगीहरूले साथ दिए पनि कार्य सम्पादन गर्न समय लाग्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

करकापमा परी काममा जुट्नुपर्ने अवस्था रहनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

काम रोकिए पनि उठ्नुपर्ने रकम प्राप्त हुनेछ। उद्योग र व्यापारमा पनि सामान्य फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ। चल-अचल धनको उपयोग गर्न सकिनेछ। पछिका लागि सामान्य लगानी गर्न सकिनेछ।

तपाईँको दिन शुभ रहोस् ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

Recent Comments

No comments to show.