काठमाडौं । एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमै खर्बौं रुपैयाँ बाहिरिएको छ ।
भन्सार विभागका अनुसार गएको वर्षको तुलनामा डिजेल पेट्रोलको आयात घटेको छ। तर आयातका लागि बाहिरिने रकम भने बढेको छ। गत वर्षकोभन्दा न्यून डिजेल पेट्रल आयात हुँदा पनि रकम भने बढेको छ।
गत वर्षकोभन्दा १ लाख किलोलिटर न्यून डिजेल आयात हुँदा पनि बाहरिने रकम भने गत वर्षकोभन्दा ६ अर्बले बढेको छ। गत वर्ष ३ लाख ३२ हजार किलोलिटर डिजेल आयात भएकोमा यो वर्ष जम्मा २ लाख २५ हजार लिटर डिजेल आयात भएको छ। मूल्यमा भने गत वर्ष जम्मा २३ अर्बको डिजेल आयात भएको थियो यो वर्ष २९ अर्ब पुगेको छ।
त्यस्तै पेट्रोल पनि गत वर्षको तुलनामा ३ हजार किलोलिटर न्यून आयात भएको छ। गत वर्ष १ लाख ७४ हजार लिटर आयात भएकोमा यो वर्ष जम्मा १ लाख ७१ हजारमात्र आयात भएको छ। तर पेट्रोल किन्नका लागि गत वर्ष नेपालले १२ अर्ब खर्चिएको थियो भने यो १८ अर्ब खर्चिएको छ।
यो वर्षको तीन महिनामा कूल ७८ अर्बको पेट्रोलियम पदार्थको आयात भएको छ। गत वर्षको यही अवधिमा ६० अर्बको पेट्रोलियम पदार्थ आयात भएको थियो।
यो वर्ष अधिकांश वस्तुको आयात मूल्यवृद्धिका कारणले बढेको छ।
यो वर्ष खाद्यन्न तथा औषधि जस्ता वस्तुकै आयातमा गिरावट आएको छ। भन्सार विभागको तथ्यांक अनुसार यो वर्षको तीन महिनामा ९ अर्ब २६ करोड रुपैयाँको खाद्यन्न आयात भएको छ। जुन अघिल्लो वर्ष १७ अर्ब ७० करोडको आयात भएको थियो। खाद्यन्नसँगै औषधि आयात पनि गत वर्षको तुलनामा १ अर्बले न्यून भएको छ। गत वर्षको तीन महिनामा १४ अर्बको औषधि आयात भएकोमा यो वर्ष जम्मा १३ अर्बको आयात भएको छ।
आयात प्रतिबन्धनका कारणले गर्दा सवारी साधानको आयात आधाभन्दा बढीले घटेको छ। गत वर्ष ३४ अर्बको सवारी साधान आयात भएकोमा यो वर्ष जम्मा १५ अर्ब रुपैयाको मात्र आयात भएको छ।
स्टिल, विद्युतीय उपकरण, तरकारी जस्ता वस्तुको आयात पनि यो अवधिमा घटेको छ।
प्रतिक्रिया