हिमाल आरोहणका लागि १२ सयभन्दा बढीले लिए अनुमति

हिमाल आरोहणका लागि १२ सयभन्दा बढीले लिए अनुमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन)को हिमाल आरोहणका लागि ४८ आरोही समूहका १२३८ भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन् ।

हिमाल आरोहणका लागि हालसम्म ४१ मुलुकका २२८ महिला र ९५६ पुरुष गरी कुल १२३८ आरोही नेपाल आएका छन् ।

पर्ययटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् ।

यो अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३७ आरोही समूहका आरोहीले आरोहण अनुमति लिएका छन् । दोस्रोमा अमादब्लाम हिमाल रहेको छ। उक्त हिमालका लागि २६ टिमका ३३६ जनाले अनुमति पाएको विभागले जनाएको छ।

त्यस्तै १०० भन्दा बढी अनुमति पाउने हिमालमा हिमलुङ रहेको छ। जसमा १५६ जनाले अनुमति पाएका छन्। विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भने एकदमै कम अर्थात ५ जनाले मात्रै अनुमति लिएका छन्।

बढी आरोहण अनुमति पाउने नागरिकमा अमेरिकाका ११५, फ्रान्सका १०८, बेलायातका १०३, जर्मनीका ७७, स्पेन ७५ ले आरोहण अनुमति पाएका छन्।

यो सिजनमा हिमाल आरोहणबाट हालसम्म ८ करोड ५० लाख ५० हजार ८३१ हजार रोयल्टी जम्मा भएको छ ।

Recent Comments

No comments to show.