जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउछौँ : श्याम घिमिरे

जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउछौँ : श्याम घिमिरे

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुली-१ मा प्रतिनिधि सभा उम्मेदवार श्यामकुमार घिमिरेले जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने दाबी गरेका छन्।

बुधबार दुधौली नगरपालिका-४ को पचरुखीमा भएको गठबन्धन दलको पालिकास्तरीय कार्यकर्ता भेलामा घिमिरेले यस्तो दाबी गरेका हुन्। 

नेकपा एमालेको २५ वर्षमा गर्न नसकेको काम आफू निर्वाचित भए ५ वर्षमा गरेर देखाउने उनको जिकिर छ। ‘हामी निर्वाचित भए २५ वर्षमा नेकपा एमाले गर्न नसकेका काम गर्नेछौं। हरेक जनताले विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने छौं,’ उनले भने, ‘यस क्षेत्रको सम्पूर्ण समस्या हामीले बुझेका छौं। त्यो गर्ने दायित्व बोकेर हेटौंडा र काठमाडौं जानेछौं। तीनै तहको सरकार हाम्रो हुनेछ र हामी विकास गर्ने असहजताबाट मुक्त हुनेछौं।’ 

दुधौली औद्योगिक विकासको सम्भावना बोकेको ठाउँ रुपमा आफूले हेरेको घिमिरेको भनाइ थियो। कमला नदीको नियन्त्रण गर्ने, जिनाखु-अरुण र ककुरको दुधौली आउने-जाने सडक पक्की बनाउने, दनुवार समुदायको संस्कृति र परम्पराको संरक्षण गर्ने उनको भनाइ छ। कार्यक्रममा गठबन्धन दलका जिल्ला तहका शीर्ष नेतृत्वको उपस्थिति थियो।

Recent Comments

No comments to show.