नवौँ राष्ट्रिय खेलकुदमा नेपाल आर्मीको वर्चश्व

नवौँ राष्ट्रिय खेलकुदमा नेपाल आर्मीको वर्चश्व

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले अग्रतालाई कायमै राखेको छ ।

आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ कास्यसहित ८६ वटा पदक जितेको छ । यस्तै, दोस्रोमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० वटा पदक जितेको छ ।

नेपाल पुलिस क्लबले ११ स्वर्ण, सात रजत र १७ कास्यसहित ३५ पदक, वाग्मतीले १० स्वर्णसहित ३६, गण्डकीले आठ स्वर्णसहित २८ र एनआरएनएले चार स्वर्णसहित ११ पदक जितेका छन् । यस्तै, मधेस प्रदेशले दुई स्वर्णसहित आठ र सुदूरपश्चिमले एक स्वर्णसहित १० पदक जितेका छन् । लुम्बिनी र कर्णाली प्रदेशले अहिलेसम्म स्वर्ण जितेका छैनन् ।

Recent Comments

No comments to show.