भीम रावलले भने- मलाई हराउन नसकिने देखेपछि उम्मेदवार बन्नबाट राेकियाे

भीम रावलले भने- मलाई हराउन नसकिने देखेपछि उम्मेदवार बन्नबाट राेकियाे

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भेदभाव गरेको भन्दै त्यसको खुलेर विरोध गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफूलाई हराउन नसकिने देखिएपछि अध्यक्ष ओलीले उम्मेदवार बन्ने राेकेकाे समेत बताएका छन् ।

अध्यक्ष ओलीले दुई तिहाइको प्रधानमन्त्री हुँदा सरकारी निवास बालुवाटार र अस्पतालमा गरी आधा समय विताएको पनि उनले  पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रतिनिधि सभामा संवेदनशील विषयमा हुने छलफलमा समेत सहभागी नहुने गरेका ओली आफूलाई मन लागेको विषयमा बोल्ने बेला भने उर्दी जारी गरेर पार्टीका सबै सांसादलाई उपस्थित हुन आग्रह गर्ने गरेको समेत उनले बताए ।

कहिलेकाहीँ मात्र प्रतिनिधि सभामा झुल्किनेले प्रतिनिधि सभा सदस्यको टिक पाउँदा आफू जिल्ला, प्रदेश तथा सबै तहबाट सिफारिसमा पर्दा समेत टिकट नदिएको भन्दै उनले विरोध गरेका छन् ।

यस्तो रावलले बिहीबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको धारणाको पूर्णपाठ


Recent Comments

No comments to show.