पेन्सन कोषमा रहेको ५६ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

पेन्सन कोषमा रहेको ५६ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ५६ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।

बैंकले सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७९ कात्तिक ३ देखि २०८० कात्तिक ४ गतेसम्म ३६७ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४४ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ८ करोड ४० लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ८० लाख रुपैयाँ लगानी गर्नेछ ।

बैकले मुद्दती निक्षेपका रुपमा राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई असोज २७ गते बिहान १० बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । ब्याजदर बैंकको इमेलमार्फत प्रस्ताव पेश गर्न सकिनेछ ।

यस्ता छन् शर्तहरुः

-आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्नेछ ।

-निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।

-रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।

-खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने ।

Recent Comments

No comments to show.