प्रतिनिधि सभामा एमालेबाट ११, माओवादीबाट ६ र कांग्रेसबाट ५ जना मात्रै महिला उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी न्यून देखिएको छ।  

निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन निर्देशन दिए पनि दलहरुले त्यसको बेवास्ता गरेका छन् ।

जसमा नेकपा एमालेबाट ७, नेपाली कांग्रेसबाट ५ र माओवादीबाट ६ जना महिला मात्रै उम्मेदवार बनेका छन्।  

२०७४ को निर्वाचनपछि पहिलो दल बनेको नेकपा एमालेले सबैभन्दा बढी ७ जना महिला उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेको छ।

कांग्रेसले तेह्रथुममा सीता गुरुङ र मोरङ क्षेत्र नम्बर–२ बाट सुजाता कोइरालालाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट सिरहा क्षेत्र नम्बर–२ मा पूर्वउपसभामुख चित्रलेखा यादवको उम्मेदवारी परेको छ ।

कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले र अर्घाखाँचीबाट पुष्पा भुसालले उम्मेदवारी दर्ता  गराएकी छिन् ।

एमालेबाट सुनसरी- ३ मा भगवती चौधरी, दाङ- १ मा शान्ता चौधरी र दाङ- ३ मा कोमल वली, स्याङ्जा- २ मा पद्मा अर्याल, कास्की- २ मा विद्या भट्टराई, डोटीमा गौरी ओली र कञ्चनपुर- ३ मा निरूदेवी पाल प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै, धनुषा- ३ बाट जुलीकुमारी महतो प्रतिस्पर्धा गर्दैछिन्। उनी एमाले र जसपाको साझा उम्मेदवार हुन्।

माओवादी केन्द्रबाट ललितपुर- ३ मा पम्फा भुसाल, काठमाडौं- ९ मा कल्पना धमला, दाङ- ३ मा रेखा शर्मा, काठमाडौं- २ मा ओनसरी घर्ती,  जुम्लामा गोमा गौतम, कञ्चनपुर- ३ मा विना मगर र काठमाडौं- ७ मा मानुषी यमी भट्टराई उम्मेदवार बनेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।