दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशमा मौसम बदली भई भारी वर्षा हुन सक्ने सम्भावना भएको मौसम बिभागले गराए जानकारी संगै दोधारा चाँदनी नगरपालिका कार्यालयले बाढीको पुर्व तयारी सुरु गरेको छ् ।
आज बिहान दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका प्रबन्ध निर्देशक आशोक बिक्रम जैरु, दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रावल, नेपाल राष्ट्रिय समाज कल्याण संघका सुद्दढ परियोजनाका राज कुमार सुनार, गणेश ठगुन्ना लगाएत टोलीले तटिय क्षेत्रका बासिन्दाको जिउ धनको रक्षाका लागि अनुगमन गरेका छन् ।
उनिहरुले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ सुन्दरनगर, वडा नं. ९ को ढकनाघाट, वडा नं. १० को कुतियावकर, निशाने टोल, शान्ती टोल, बैतिफाँटा, अठार नम्वर पिल्लर बस्ती लगाएत बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका हुन् ।
निरन्तर वर्षाको कारण महाकाली नदी र जगबुडा नदीमा बाढी आएर तटिय क्षेत्रको बस्तीहरु डुवान तथा कटानीको जोखिममा पर्न सक्ने प्रवल सम्भावना रहेको हुदा तटिय क्षेत्रको अनुगमन र स्थानियहरु संग टोलीले छलफल गरेका छन् ।
हिजोको भन्दा आज महाकाली नदी र जगबुडा नदीको बहाव बढी देखिएको हुदा दोधारा चाँदनी नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरको टोलीले तटिय क्षेत्रको अनुगमन नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।
अनुगमन सकेर फर्केको टोली दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर बिपद् ब्यवस्थापन समितिको बैठक समेत सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको संयोजकत्वमा बसेको बिपद् ब्यवस्थापन समितिको बैठकले अबिरल वर्षाको कारण महाकाली नदी र जगबुडा नदीको पानीको बहाव बढ्न सक्ने र होचो स्थानमा बसोबास गर्ने स्थानियहरुलाई सुरक्षित गर्न दोधारा चाँदनी नगरपालिकाको बिभिन्न क्षेत्रको अनुगमन गरि खाद्यान्न ब्यवस्थापन, अतिअशक्त, अपांग भएका ब्यक्तीहरु। गर्भवती सुत्केरी महिलाहरुलाई अम्बिका माध्यमिक बिद्यालयमा सेल्टर गर्ने र सेल्टर ब्यवस्थापनको जिम्मा अम्बिका माध्यमिक बिद्यालयलाई दिने निर्णय गरेको छ् ।
अम्बिका माध्यमिक बिद्यालयमा सेल्टर लिएर बसेकाहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरले खाद्य तथा गैरखाद्य सामग्री उपलब्ध गराउने तयारी गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले बाढीको सर्तकता अपनाउदै बिपद् ब्यवस्थापन समिति, उद्धार टोली तथा सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखेको बताएको छ् ।
दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ सुन्दरनगर, वडा नं. ९ को ढकनाघाट, वडा नं. १० को कुतियावकर, निशाने टोल, शान्ती टोल, बैतिफाँटा, अठार नम्वर पिल्लर लगाएत बस्तीहरु बाढी ग्रस्त क्षेत्रकोरुपमा चिनिदै आएको छ् ।
बाढीको सम्भावना हेर्दै प्रमुख जिल्ला अधिकारीले समेत दोधारा चाँदनी नगरपालिकाको तटिय क्षेत्रको अनुगमन गरेको खबर प्राप्त भएको छ् ।
प्रतिक्रिया