आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के पाइँदैन ?

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के पाइँदैन ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ बुधवार मध्यरातिबाट लागू हुने भएको छ। आयोगको मंगलवार बसेको बैठकले बुधवारदेखि कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

‘निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको छ। आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा आयोगले गरेको छ,’ उनले भने।

यसअघि आयोगले दलहरुसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो। असोज ९ गते प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न १२ राजनीतिक दलका नेताहरुले आचारसंहितामा लिखित प्रतिवद्धता जनाएपछि आयोगले भोलिदेखि लागू नै गर्ने निर्णय गरेको हो।

आयोगसँगको छलफलमा राजनीतिक दलका नेताहरुले आचारसंहिताका विभिन्न व्यवस्थामाथि आपत्ति जनाएका थिए। आयोगले भने आचारसंहिता जारी नै भइसकेकाले संशोधन सम्भव नभए पनि व्यवहारिक हिसाबले कार्यान्वयन गर्न सकिने बताएको थियो।

के छ आचारसंहितामा?


Recent Comments

No comments to show.