सल्यान दुर्घटना:आठ जनाको मृत्यु,पाँच एकै परिवारका

सल्यान दुर्घटना:आठ जनाको मृत्यु,पाँच एकै परिवारका

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट जाँदै गरेकाे जिप मूलपानीनजिकै दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा आठ जनाकाे घटनास्थलमै मृत्यु भएकाे र एक जना घाइतेलाई उपचारका लागि दाङ पठाइएकाे कपुरकाेट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिए । 

घाइते भएका तिलक वलीले बिहान २ बजेतिर दुर्घटनाबारे प्रहरीलाई फाेन गरेर जानकारी दिए पनि दुर्घटनास्थल पत्ता लगाउनै डेढ घण्टा लागेकाे थियाे । बिहान साढे ३ बजे मात्रै दुर्घटनास्थल पत्ता लगाउन सकिएकाे अध्यक्ष पुनले जानकारी दिए । 

उनका अनुसार मृत्यु हुनेमा कपुरकाेट ६ का धर्म वली, बसन्त वली, टोपबहादुर वली, कुमारी वली, सुरेश खत्री र खेमलाल वली रहेका छन्। 

यस्तै वडा नम्बर ५ का ललित वली र जिप चालक जितबहादुर बोहराकाे पनि घटनास्थलमा शव फेला परेकाे छ । जिपमा ९ जना सवार थिए । उनीहरूले जिप रिजर्व गरेका थिए । मृत्यु हुनेहरू एकै परिवार र नातागाेताका सदस्य रहेकाे बताइएकाे छ । 

Recent Comments

No comments to show.