सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड, १४ लाख बढीको हात रित्तो

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड, १४ लाख बढीको हात रित्तो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

सेयर निष्काशन तथा विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले आज बिहान ९ बजे कम्पनीको आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ हजार ५ हजार ८० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । क्यापिटलका अनुसार यो आइपीओमा कुल १५ लाख १३ हजार ७८८ आवेदकबाट कुल १ करोड ६३ लाख ८७ हजार ६५० कित्ता सेयर माग भएको थियो।

जसमा १५ लाख १२ हजार ५३७ आवेदकबाट माग भएको १ करोड ६३ लाख ६८ हजार ३०० कित्ता सदर भएको छ। बाँकी १ हजार २५१ आवेदकबाट माग भएको १९ हजार ३५० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ५ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

कम्पनीले भदौ २९ देखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका दरले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक बीओके क्यापिटलको वेबसाइट र सिक्लेस हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

Recent Comments

No comments to show.