सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालिकामाथि जबरजस्तीकरणीको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ।

नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले डिफ्युजन नोटिस जारी गरेको हो।

डिफ्युजन नोटिस जारी भएसँगै लामिछानेलाई पक्राउ गरी इन्टरपोलले नेपाल प्रहरीले बुझाउन सक्नेछ । गत भदौ ५ गते लामिछानेले काठमाडौंको एक होटलमा नाबालिग किशोरीलाई लगेर जबर्जस्तीकरणी गरेको आरोपमा उनीविरुद्ध पीडितले मुद्धा दायर गरेका छन् ।

लामिछानेविरुद्ध जबर्जस्तीकरणी मुद्धा दायर गर्दा लामिछाने केन्या ट्वन्टी–२० श्रृंखला खेल्न गएका थिए र त्यसपछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि वेस्टइन्डिज पुगेका थिए । उनीविरुद्ध जाहेरी दर्ता हुँदा लामिछाने वेस्टइन्डिजमै थिए ।

फेसबुक र ट्विटरमार्फत नेपाल फर्किने भनेका लामिछाने त्यसपछि फरार थिए ।

क्रिकेटर लामिछानेले आइतबारमात्रै समाजिक सञ्जालमार्फत् आफू मानसिक तनावका कारण आइसोलेसनमा रहेको बताएका थिए। उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जबरजस्तीकरणी कसुरमा जाहेरी परेको छ।

Recent Comments

No comments to show.