ब्याजदरबारे अध्ययन गर्न अर्थ मन्त्रालयले गठन गर्‍यो समिति,को को छन् ?

ब्याजदरबारे अध्ययन गर्न अर्थ मन्त्रालयले गठन गर्‍यो समिति,को को छन् ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायीक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ता भित्र सुझाव दिन एक सुझाव समिति गठन गरेका छन् ।

आइतबार मन्त्रालयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष , नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल उद्योग बाणिज्य संघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ , नेपाल बैंकर्स संघ लगाएत सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित बैठकमा नेपालको आर्थिक अवस्थाको बारेमा छलफल गरेका हुन् ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चापलाई सबै मिलेर समाधान गर्नुपर्ने धारणा राखे । अर्थतन्त्रमा देखिएको असहजता कुनै एक निकायको मात्र समस्या नभएर समग्र मुलुकको समस्या भन्दै यसमा कसैलाई दोष लगाएर पन्छिन नहुने बताए । ‘यो समस्याको समाधान सबै पक्ष बसेर छलफल गरी समाधानको उपाय निकाल्नुपर्छ’, उनले भने, ‘कुनै एकलाई दोष लगाएर होइन, मिलेर जानुपर्छ ।’

मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेटमा किसान तथा साना उद्योगलाई प्रोत्साहन हुने गरी व्यवस्था गरिएको बताउँदै कार्यान्वयनमा तदारुकता दिन सम्बन्धित निकायलाई आग्रह गरे ।

पछिल्लो समय बैंकहरूले ब्याज वृद्धि गरेको गुनासो आफ्नो जिल्ला भ्रमणका क्रममा व्यवसायीहरूले गरेकोबारे ध्यानाकर्षण भएको बताउदै साना उद्यमीहरूलाई सहुलियतमा ऋण उपलब्ध गराउन आग्रह गरे । ‘किसान तथा साना उद्यमीहरूलाई प्रोत्साहन नगरीकन अर्थतन्त्र सुधार हुँदैन’, उनले साना उद्यमीलाई ढुक्क हुन आग्रह गर्दै भने, ‘यसबारे बजेटले पनि स्पष्ट बोलेको छ ।’

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैंकहरूले गरेको निर्णयले उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गरे । उनले सबै निकायसँग सहकार्य गरेर हाल देखिएको असहज परिस्थितिको सामना गर्न निजी क्षेत्र कटिबद्ध रहेको पनि जनाए ।

अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ भने समितिले हाल मुलुकमा देखिएको तरलता अभावलगायतका विषयमा छलफल, परामर्श तथा विश्लेषण गरी नीतिगत सुझावसहित ७ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

सुझाव समितिमा को को छन् ?

१बाबुराम सुवेदी (सहसचिव, अर्थ मन्त्रालय)– संयोजक

२ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय– सदस्य

३ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य

४ राष्ट्रिय योजना आयोग– सदस्य

५ नेपाल राष्ट्र बैंक–सदस्य

६ नेपाल बैंकर्स संघ २ जना–सदस्य

७ निजी क्षेत्र ३ जना– सदस्य

Recent Comments

No comments to show.