विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ७४ पैसा र बिक्री दर ८५ रुपैयाँ १३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ९८ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०४ पैसा र बिक्री दर ९ रुपैयाँ ०८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १९ पैसा र बिक्री दर १८ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ६५ पैसा र बिक्री दर ३४ रुपैयाँ ८१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १० पैसा र बिक्री दर ९ रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

Recent Comments

No comments to show.