ग्याँस बिक्रेता महासंघको अध्यक्षमा चन्द्र थापा सर्वसम्मत

ग्याँस बिक्रेता महासंघको अध्यक्षमा चन्द्र थापा सर्वसम्मत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्याँस बिक्रेता महासंघको अध्यक्षमा चन्द्र थापा सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न भएको ९ औं साधारणसभाबाट थापा निर्विरोध चयन भएका हुन्। 

महासंघको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद दुलाल, उपाध्यक्षमा नारायणप्रसाद पौडेल, रामप्रसाद ज्ञवाली, विमला श्रेष्ठ, देविलाल गैरे र गेहेन्द्रप्रसाद रिजाल चयन भएका छन्।

त्यस्तै, महासंघको महासचिवमा लालबहादुर केसी, सचिवमा राजेश दाहाल, कोषाध्यक्षमा रविन कार्की र सहकोषाध्यक्षमा राधिका महर्जन चयन भएका छन्।

त्यस्तै, महासंघको सदस्यहरुमा कृष्णराज खतिवडा, रामशरण पुडासैनी, दिनबन्धु शाह, गोविन्दराज शाह, मधुसुदन ढकाल, महेन्द्र सेठिया, रमेश भट्टराई, रुपक बस्ताकोटी, रामकुमार खड्का, रामचन्द्र ठकुरी, प्रकाश तिवारी, पवनराज भण्डारी, नारायणदत्त दाहाल, श्रीहरी ढकाल र रामचन्द्र कँडेल चयन भएका छन्।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतस् अध्यक्ष हुने प्रावधान छ।

Recent Comments

No comments to show.