चारपांग्रे सवारीलाई न्यूरोड क्षेत्र प्रवेशमा रोक

चारपांग्रे सवारीलाई न्यूरोड क्षेत्र प्रवेशमा रोक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आजदेखि न्युरोड क्षेत्रमा सबै प्रकारका चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ ।

असोज ८ गतेदेखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

काठमाडौंको न्यूरोड क्षेत्रमा हुने सवारी चाप बढेकाले यात्रुवाहक, मालवाहक तथा निजी सवारी साधनले खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।

बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आईलेण्ड राखिएको स्थानबाट डाईभर्सन गरी खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।

ट्राफिक प्रहरीले तोकिएको मिति र समयसम्म धैर्य गरि ट्राफिक व्यवस्थापनमा सहयोग गरीदिन आग्रह समेत गरेको छ।

Recent Comments

No comments to show.