मोरङमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, १३ सय प्रहरी परिचालन

मोरङमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, १३ सय प्रहरी परिचालन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । मोरङ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। दसैं, तिहार, छठलगायतका चाडपर्वलाई केन्द्रीत गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो।

मादक पदार्थ सेवन (मापसे) गरेर हुनसक्ने उत्सृङ्खल गतिविधि, लोकमार्ग तथा सहायक मार्गहरूमा अवाञ्छित क्रियाकलापलगायत विभिन्न अपराधिक गतिविधि नियन्त्रण प्रहरीको प्राथमिकतामा परेको छ। अति विशिष्ट, विशिष्ट तथा उनीहरूको निवास, सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, बैंक एवं वित्तीय संस्था, बजार, पसल लगायत सार्वजनिकस्थलमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।  

उनका अनुसार भारतसँगको खुला सीमाको फाइदा उठाउँदै हुनसक्ने चोरी, तस्करीलगायत विभिन्न अपराधिक गतिविधिका साथै नजिकिँदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सुरक्षा सतर्कता बढाइएको छ। निर्वाचन लक्षित घरदैलो, भेटघाट, छलफलसमेतका राजनीतिक कार्यक्रमलाई मध्यनजर गरेर सुरक्षाका लागि प्रहरी परिचालन गरिएको उनले बताए। 

चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन १ हजार २ सय ९१ जना प्रहरी परिचालन गरिएको छ। एसपी कोइरालाले सम्भावित र विगतमा भएका घटना एवं अपराधिक गतिविधीलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारिएको जानकारी बताए। सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयका लागि सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन गरिएको छ। प्रहरीको पिकेट, सवारी गस्ती, मोबाइल, मोटरसाइकल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए। 

बैंक, वित्तिय संस्था एवं आर्थिक गतिविधी हुने ठाउँ र महत्वपूर्ण प्रतिष्ठानहरूको निगरानी २४ घण्टानै गर्न थालिएको छ। चोरी, डकैती, लुटपाट, गुण्डागर्दी, चन्दा असुली र ठगी हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था मजवुत बनाइएको प्रहरीले जनाएको छ।  

जुवा, तास लगायत गैह्र कानुनी खेलहरू र शान्ति भड्काउने समूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिइने एसपी कोइरालाले बताए। शंकास्पद व्यक्तिहरू एवं सार्वजनिक स्थलमा हुने गतिविधीको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाई, पकेटमार लगायत नियन्त्रण तथा अपराधिक प्रवृत्तिका मानिसहरूको पहिचान र निगरानीमा पसक्रियता बढाइएको एसपी कोइरालाले बताए।

Recent Comments

No comments to show.