साइनबोर्ड शुल्क बुझाउन महानगरको ३० दिने ‘अल्टिमेटम’

साइनबोर्ड शुल्क बुझाउन महानगरको ३० दिने ‘अल्टिमेटम’

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । काठमाडौं महानगरपालिकाभित्र व्यापार, व्यवसाय गर्नेहरुले कार्यस्थल बाहिर राखिएको साइनबोर्ड (परिचय पार्टी) को शुल्क बुझाउन महानगरले निर्देशन दिएको छ।

महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै ३० दिनभित्र उक्त कर तिरिसक्न आग्रह गरेको हो।

व्यक्ति, व्यवसाय वा संघ संस्थाको परिचय खुल्ने नाम भएको साइबोर्डको शूल्क ३० दिनभित्र तिर्न महानगरले सूचना जारी गरेको हो।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, सङ्घ संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सक्ष्य संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको भन्दै सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन आग्रह गरेको छ।

सो अवधिभित्र साइनबोर्डको शूल्क नबुझएमा वा तोकिएको साइजभन्दा ठूलो साइनबोर्ड राखेमा महानगरपालिकाले तत्काल हटाउने चेतावनी पनि दिइएको छ। महानगरले ३० वर्ग फुटभन्दा ठूलो साइनबोर्ड राख्न नपाउने बताएको छ।

६ वर्ग फुटसम्म एक वटा साइनबोर्डको बार्षिक ५०० रुपैयाँ बुझाउनुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ। त्यस्तै, १५ वर्ग फुटसम्म एकवटाको वर्षिक १ हजार ५०० र १५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुटसम्मको प्रतिवर्ष फुट एक वटाको वार्षिक एक हजार रुपैयाँ शूल्क लाग्ने महानगरले जनाएको छ।

Recent Comments

No comments to show.