धादिङ । धदिङको गजुरी गाउपालिका- १ अदर्शचोकमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ।
मृत्यु हुनेमा अदर्श स्कुल गजुरी कक्षा १ मा पढने ६ वषिय विजया परियार रहेकी छन् ।
विहान ९:४० बजे काठमाडौं बाट गोरखा जादै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट परियारको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धादिङ गजुरीले जनाएको छ ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया